गुल्मीमा गाडी दुर्घटना हुँदा १६ जना घाइते

गुल्मी : गुल्मीमा गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। बुधबार दिउँसो सत्यवती गाउँपालिका वडा नम्बर–१ कुडादीमा शान्तिपुर बुटवल पक्की सडकखण्डमा गाडी दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो। 

प्रहरी नायब उपरीक्षक (डिएसपी) पोखरेलका अनुसार बुटवलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज २०८८ नम्बरको सफारी गाडी आफै अनियन्त्रित भएर दुर्घटना भएको हो। 

Seti Hospital

जिप करिब १० मिटर तल खस्न जाँदा जिपमा सवार चालकसहित १६ जना घाइते भएका छन्। 

घाइतेहरुलाई उपचारका लगि प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा पठाइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार