गोदावरी-३ चौकिडाँडाँमा जडान गरिएका स्मार्ट सडक बत्ती सञ्चालनमा

धनगढी : कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाँडाँमा जडान गरिएका स्मार्ट सडक बत्ती सञ्चालनमा ल्याईएको छ । मंगलबार नगरप्रमुख विरेन्द्र भट्टले मालाखेती चोकदेखी भित्री सडकमा जडान गरिएका लाईटहरुको चोकमा राखिएको विद्युत बटन थिचेर सुचारु गरेका हुन् ।

स्मार्ट लाईटहरु सञ्चालनमा ल्याईएपछि स्थानियहरुले एकदमै खुसी व्यक्त गरेका छन । चौकिडाँडालाई उज्यालो चौकिडाँडा बनाईदिएको भन्दै नगरप्रमुखलाई स्थानियले धन्यवाद ज्ञापन गरेका छन् ।

dashain shuvakamana
Discovery School

वडाध्यक्ष तेजराज अवस्थीले आफ्नो वडामा भएको कार्यले आफु एकदमै हर्षित भएको बताए । नगरप्रमुख भट्टले दुई वर्षको प्रयासमा एडिबिसँग समन्वय गरेर काम गरेको बताए । उनले सोही अन्र्तगत चौकीडाँडाको भगवती टोलको सडक पनि निर्माण गरिएको बताएका छन् ।

सडकमा बत्तिको स्टमेट भने नभएको तरपनि एडिबिसँग अनुरोध गरेर बत्ति जडानको विषयलाई समावेश गर्न सफल भएको नगरप्रमुख भट्टले बताए। एशियाली विकास बैंकको सहयोग तथा शहरी विकास कार्यालय धनगढीको सहकार्यमा कृष्णमन्दिर देखी दक्षिणतर्फ पुर्वपश्चिम राजमार्गसम्म उक्त लाईटहरु सञ्चालनमा ल्याईएका हुन ।

उक्त क्षेत्रमा ३५ वटा स्मार्ट लाईटहरु सञ्चालनमा आएका छन । सडकको एकतर्फी रुपमा लगाईएका उक्त लाईटहरुले त्यस क्षेत्रमा रातीको समयमा हुने घटनाहरु न्यूनिकरणमा मद्दत पुग्ने विश्वास लिईएको छ ।

नगरपालिकाले महेन्द्र राजमार्गमा पर्ने सडक खण्ड अन्तरगत बाक्लो बस्ती र जनसंख्यालाई मध्यनजर गर्दै मालाखेती चोक, चौकीडाँडा, बसपार्क, लालपुरचोक लगायत ठाउँमा हाइमास्ट लाइट जडान गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार