देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्ने बताएका छन्। बुधवार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले अहिलेको सङ्कटमा पनि सरकार, प्रतिपक्ष, मिडिया र नागरिकहरू सँगै मिलेर सामना गर्नुपर्ने बताए ।

उनले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने नेपाली परम्परा भएको समेत बताए । एक अर्को प्रसंगमा प्रचण्डले भने देशमा भूराजनीतिक रूपमा मात्रै समस्या आएको नभई भौगोलिक बनावटले पनि संकट निम्त्याइरहेको छ ।

प्रचण्डले संविधान संशोधनको विषय एमाले र कांग्रेसले उठाए पनि एमाले नेतृत्वले यो संविधान नै खारेज गर्ने चाहना राखेको आरोप लगाए । उनले भने जसरी यो सरकार अप्राकृतिक, अपिवत्र र अपारदर्शी छ, त्यसैगरी उसले संविधान खारेज गर्न चाहेको छ ।

प्रचण्डले थप्दै भने विगतमा एमालेले संसद विघटना गरेको संविधान नै खारेज गर्ने उद्धेश्यका लागि थियो । विभिन्न गठबन्धनको नेतृत्व गरेको सन्दर्भमा पछिल्लो पटक एमालेसंगको गठबन्धनमा गम्भीर त्रुटी भएको प्रचण्डले खुलस्तै बताए ।

ज्ञानेन्द्रको भुटान भ्रमण पनि आन्तरिक राजनीतिक संकटकै उपज भएपनि कुनै किसिमले पनि राजतन्त्र व्युंतने सम्भावना छैन भन्दै पूर्व प्रधानमन्त्री प्रच्ण्डले भने इतिहासको गति र ज्ञानेन्द्रको आफ्नै विगतले पनि अब नेपालमा राजतन्त्र व्युंतने कुनै सम्भावना छैन, उनले भने ।

देशलाई बंगलादेश बनाउने भन्यो भनेर दुस्प्रचार गरिएको भन्दै उनलेभ स्पष्टीकरण दिए कसैले चाहेर पनि नेपाल बंगलादेश बन्न त सक्दैन । तर संकट यसैगरी बढ्दा जस्तो पनि विस्फोट हुनसक्ने कुरालाई गम्भीरता पूर्वक लिनु पर्छ । दशैं तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना दिंदै पूर्वं प्रधानमन्त्री प्रचण्डले अहिलेको आवश्यकता हालैको बाढी पहिरो र डुवानबाट पिडीत भएका जनतालाई तत्काल राहत र पुनस्थापना गर्ने अभियानमा आफ्नो पार्टी लागि पर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार