स्वास्थ्य कार्यालय कैलालीको आर्थिक बर्ष ०८०/०८१ को समीक्षा गोष्ठी सम्पन्न

धनगढी : स्वास्थ्य कार्यालय कैलालीको आर्थिक बर्ष ०८०/०८१ को जिल्ला स्तरीय बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । मंगलबार स्वास्थ्य कार्यालय निमित्त प्रमुख गौरी जोशीको अध्यक्षतामा गोष्ठी भएको हो । गोष्ठी दुई दिनसम्म सञ्चालन भएको हो ।गोष्ठीको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए । 

कार्यक्रममा प्रदेशका जिल्ला समन्वय प्रमुख, विभिन्न पालिकाका प्रमुख /उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव गणेश सिंह, स्वास्थ्य तालीम केन्द्र निर्देशक नरेन्द्र सिह कार्की, सेती प्रादेशिक अस्पतालका प्रमुख मेसु डा. शेर बहादुर कमर, स्वास्थ्य निर्देशक डा.खगेन्द्र बम, प्रादेशि स्वास्थ्य प्रर्दन केन्द्रका प्रमुख हेम राज खड्का लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कैलालीका १३ वटा स्थानीय तहहरुको स्वास्थ्य शाखा र गेटा अस्पताल, सेती प्रादेशिक अस्पताल र टिकापुर अस्पताल गरी १८ वटा प्रस्तुतिकरण गरिएको थियो ।

dashain shuvakamana
Discovery School

कार्यक्रमको उदेश्य सहित जिल्लाको प्रस्तुतीकरण कार्यालय प्रमुख गौरी जोशीले गरेका हुन । आ व २०८०/०८१ मा काम गरेको भनेर १३ वटै स्थानीय तहलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । आव २०८०/०८१ मा जिल्ला भरीका स्थानीय तहहरुमा टिकापुर नगरपालिका प्रथम, गौरीगगा नगरपालिका दोस्रो र वर्दगोरीया गाउँपालिका तेसो स्थनमा रहेका थिए । स्वास्थ्यका विभिन्न सूचकांक अनुसार प्रथम, दोस्रो र तेस्रो हुने पालिकाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

त्यसैगरी स्वस्थ्य कार्यालयमा उत्कृष्ट कार्य गर्र्न पव्लिक हेल्थ नर्स आशा थापा, जनस्वास्थ्य निरीक्षक विमला ज्ञवाली, लेखा अधिकृत नित्यानन्द जोशी, हेल्थ असिस्टेन्ट मिनबहादुर धामी, ल्याव असिस्टेन्ट वन्दना विक, कार्यालय सहयोगी रमेश अवस्थीलाई सम्मान समेत गरेको हो । यस्तै, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने सेभ द चिल्ड्रेन लाई पनि सम्मान गरिएको छ । कार्यक्रमको संचालन प्रशासन अधिकृत जनकराज जोशी गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार