दुर्लभ घडियाल गोही कैलालीमा मृत फेला

धनगढी : दुर्लभ घडियाल गोही कैलालीमा मृत फेला परेको छ । टीकापुर नगरपालिका–७ बैदीस्थित मोहना नदीमा वयस्क घडियाल गोही मृत अवस्थामा भेटिएको हो । 

मृत्यु भएको घडियाल गोही पोथी रहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए। उनले घडियाल गोहीको मृत्यु हुनुको कारण यकिन हुन नसके पनि थुतुनोमा माछा मार्ने जाल चेँउढी अड्केको देखिएकाले त्यसले गर्दा मृत्यु भएको हुन सक्ने बताए । 

SHIKHAR COOL TECH

“मृत्यु भएको घडियालको चुच्चोमा जाल अड्केको देखिएको छ”, उनले भने “जाल अड्केपछि सम्भवतस् खाना खान नपाएर गोही मरेको हो ।” विश्व प्रकृति संरक्षण संघ (आइयुसीएन) ले सन २००७ देखि घडियाललाई रातो सूचीमा राखेको छ । 

अतिसङ्कटापन्न घडियाल कैलालीको मोहना, पथरैया, कर्णाली, कान्द्रा लगायतका नदीमा पाइने गरेका छन् । घडियाल गोहीले यहाँ प्राकृतिक रुपमा बच्चासमेत कोरल्ने गरेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार