नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो !

काठमाडौं : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्यांक गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो । महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ ।

डेंगुबाट ७६ जिल्ला प्रभावित रहेका छन् । प्रभावित जिल्लामध्ये सबैभन्दा बढी कास्की जिल्लामा २ हजार ७०९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । 

dashain shuvakamana
Discovery School

त्यस्तै, दोस्रो स्थानमा काठमाडौँमा २ हजार ५६७ जना, तनहुँमा १ हजार ९५४ जना, पर्वतमा १ हजार ४२१ र चितवनमा ९ सय ७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमध्ये गण्डकी प्रदेशमा सबैभन्दा बढी ८ हजार ६२ जनामा डेंगु देखिएको छ । त्यसपछि बागमती प्रदेशमा ५ हजार ५७१ जनामा डेंगु सङ्क्रमित छन् ।

यसैगरी, कोशी प्रदेशमा १ हजार ४२२ जना, लुम्बिनीमा १ हजार १३५, सुदूरपश्चिम प्रदेशमा ८ सय १८, मधेसमा ३ सय ४३ तथा कर्णाली प्रदेशमा २ सय ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार