नेपाल प्रहरीका ३ जना एसएसपी को सरुवा

काठमाडौं : नेपाल प्रहरीका ३ जना एसएसपी यताउता भएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले ३ जना एसएसपीको सरुवा गरिएको जानकारी दिए।

उनका अनुसार दिल्लीस्थित दूतावासमा रहेका एसएसपी उमाप्रसाद चतुर्वेदी नेपाल आएका छन्। उनलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौं ल्याएकोमा एसएसपी सन्जिव शर्मा दास दिल्ली गएका छन्।

Galaxy

यस्तै अर्का एसएसपी दीपककुमार बस्नेतलाई भने नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज सुर्खेत पठाइएको छ। उनी यस अगाडि प्रदेश समन्वय विभागमा थिए। गृहमन्त्रीस्तरीय निर्णयबाट आज उनीहरूको सरुवा गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार