वेपत्ता कञ्चनपुरका विपिनको फोन गाजामा भेटियो !

एजेन्सी : इजरायलमाथि हमासले गरेको आक्रमणको सोमवार एक वर्ष पूरा भएको छ । आक्रमणको समयमा बन्धक बनाइएका मध्ये हालसम्म ९७ जनाको अवस्था अज्ञात नै छ । जसमा नेपालका विपिन जोशी पनि छन ।

इजरायल सरकारका अनुसार गत ७ अक्टुबरमा हमासले २ सय ५१ जना इजरायली र विदेशी नागरिकलाई बन्धक बनाएको थियो ।

बीबीसीका अनुसार हालसम्म हमासको नियन्त्रणमा रहेका ९७ जनामध्ये विपिन पनि एक हुन । बीबीसीले सार्वजनिक गरेको बन्धक बनाइएकाहरूको समाचारको सूचीमा विपिनको पनि नाम समावेश छ । जसको पुष्टि बीबीसी र केही विश्वसनीय गोप्य स्रोतले गरेका छन ।

बीबीसीका अनुसार २३ वर्षीय विपिनलाई इजरायलको किबुत्ज अलुमिमबाट हमासले बन्धक बनाएका थिए । विपिनका परिवारलाई इजरायली इन्टेलीजेन्सले यसबारे पुष्टि गरेका छन् र उनको फोन गाजामा फेला परेको पनि बताइएको छ ।

कृषि अध्ययनका लागि विपिन इजरायल गएका थिए । उनीसँगै अध्ययनका लागि गएका १० जना नेपालीको भने हमासले हत्या गरेको थियो । तर, विपिनको अवस्थाबारे भने हालसम्म पनि कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार