बाजुराका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै !

धनगढी :  बाजुराका अधिकांश स्थानीय तहमा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय जीर्ण बन्दै गएका छन् । जिल्लाको इकडीगाड, बार्जुगाड, गुइगाड, तिपाडा र कोद्रीगाड लगायतका खोलामा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय कहीँ कतैबाट मर्मत सम्भार नभएपछि अहिले जीर्ण बन्दै गएका हुन् ।

२०६० भन्दा पहिला यहाँका स्थानीयहरुका लागि खोला वारपार गर्न सहज हुने गरी निर्माण गरिएका पुल पछिल्लो समय जीर्ण बन्दै गएको बुढीगङ्गा नगरपालिका –३ बसालीकोट आविका शिक्षक नन्दु अधिकारीले बताए । उनले भने, “बुढीगङ्गा नगरपालिका ३ र ५ को बीचमा रहेको गुईगाड खोलाको झोलुङ्गे पुल पनि निकै जीर्ण बनेको छ।”

dashain shuvakamana
Discovery School

२०६० सालभन्दा पहिला खोला तर्न सहज हुने गरी बनाएको यो अहिले अहिले सम्म कतैबाट मर्मत नभएको शिक्षक अधिकारीले बताए । गुइगाड खोलामा रहेको झोलुङ्गे पुल यहाँका स्थानीयलाई पैदल यात्रा गर्दा निकै सहज छ । तर त्यो पुल भत्किन थालेको धेरै भयो । त्यसलाई मर्मत गर्न निकै आवश्यक छ । यसका लागि मैले पटक पटक नगर सभामा बोल्ने गरेको भए पनि त्यसको कुनै सुनुवाइ नभएको बुढीगङ्गा नगरपालिका –३ का वडा अध्यक्ष खडक अधिकारीले बताए ।

उनले भने, “यसका लागि मैले पटक पटक पालिकाको बैठकमा कुरा राख्ने गरेको छु । तर पनि त्यहाँबाट कुनै सुनुवाइ भएको छैन ।” अहिले पनि यो पुल मर्मत सम्भारका लागि कुरा गरेको तर त्यो पुल नजिक पक्की पुल भएकोले त्यसलाई मर्मत गर्न आवशयक छैन भनेपछि मैले केही गर्न नसकेको वडा अध्यक्ष अधिकारीले बताए।

यहाँका स्थानीयलाई खोला तर्न सहज हुने गरी यहाँका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएका हुन् । पछिल्लो समय अधिकाशं पुल जीर्ण बन्दै गएका छन् । ती पुल मर्मत गर्नका लागि कोही कसैले पनि पहल गरेका छैन । लाखौँ करोडौंको लगानीमा निर्माण गरिएका यी पुल पछिल्लो अवस्थामा निकै अलपत्र पर्दै गएका छन् । यी अलपत्र परेका पुललाई यहाँका स्थानीयले धेरै पटक मर्मतका लागि सम्बन्धित निकायमा कुरा राख्दै आएको भए पनि उताबाट चासो नदेखाएको यहाँका स्थानीयको गुनासो छ।

एक सय बीस मिटरभन्दा लामो नयाँ पुल निर्माण गर्नु छ भने त्यसको जिम्मेवारी हाम्रो हो । त्योभन्दा तलको सबै पुलको जिम्मेवारी स्थानीय सरकारलाई भएको पूर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले बताए ।

उनले भने, “जीर्ण भएका वा भत्किएका पुल मर्मतका लागि स्थानीय स्तरबाट निवेदन आएपछि सोही अनुसार मर्मत सम्भारका लागि सम्बन्धित निकायमा पत्र पत्राचार गर्छु । उताबाट रकम आएपछि बल्ल पुल मर्मत कार्य सुरु गर्ने गरेको पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार