अर्थमन्त्री पौडेल भन्छन् : स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौं !

काठमाडाैं : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाई वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

मङ्गलवार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो । 

यसैगरि उहाँले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताउनुभयो । 

उहाँले श्रम सम्बन्ध सुधारका लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो । नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको बताउनुभयो । “सामाजिक सुरक्षालाई मात्रै प्रभावकारी रुपमा श्रमिकको सम्मानपूर्ण जीवन बाँच्न र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको भन्दै यो श्रमिक हितको लागि कोशेढुङ्गा बन्न पुगेको छ र सामाजिक सुरक्षाको पहुँचलाई बिस्तार गर्दै थप प्रभावकारी बनाउनु आजको आवश्यकता पनि हाे,” उहाँले भन्नुभयाे । उहाँले सामाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको छ । श्रम सम्बन्ध सुधारका लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित छ । नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षा छ । 

प्रभावकारी सामाजिक सुरक्षालाई मात्रै श्रमिकको सम्मानपूर्ण जीवन सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको थियो । यो श्रमिकको हितको लागि कोशेढुङ्गा बन्न पुगेको छ । सामाजिक सुरक्षाको पहुँचलाई विस्तार गर्दै थप प्रभावकारी बनाउनु आजको आवश्यकता हो । यसको प्रभावकारी कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भूमिका खेल्न आवश्यक छ । 

“श्रमिकहरुले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पनि हुनुपर्छ भन्ने वर्तमान सरकारको मान्यता हो । हामीले समयसापेक्ष न्यूनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयानुकूल परिमार्जन गरी कार्यान्वयन गर्दै आएका छौं । सरकार मुलुकमा औद्योगिक वातावरण तयार गरी वैदेशिक एवम् निजी लगानी आकर्षित गरी स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने दिशामा क्रियाशील छ । असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भूमिका रहन्छ”, उहाँले भन्नुभयाे ।

उहाँले श्रमिकहरुले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पनि हुनुपर्छ भन्ने वर्तमान सरकारको मान्यता रहेको बताउनुभयो । उहाँले सरकारले समय सापेक्ष न्यूनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयानुकूल परिर्माजन गरी कार्यान्वयन गर्दै आएको उल्लेख गर्नुभयो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार