धनगढी : कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा घर फर्किनेको चाप बढेपछि चेकजाँचका लागि कुकुरको प्रयोग गरिएको छ । बडा दसैँ सुरु भएसँगै जिल्लाका सीमा नाकाहरुमा स्वदेश फर्कनेहरुको घुँइचो लागेको छ ।
सोमबारदेखि नाकामा दुईवटा कुकुरको प्रयोग गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले सुदूरपश्चिम प्रदेश प्रहरीको केनाईन शाखाबाट शेरा र लैला नामका कुकुर ल्याइएको बताए ।
दुबै कुकुरले गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकामा आलोपालो जाँच गर्नेछन् । हिजो दिनभरि गड्डाचौकीमा कुकुरको प्रयोग गरेर जाँच गरिएको उनले बताए । आज गौरीफण्टामा जाँच गरिनेछ ।
भीडभाडका बेला लागुऔषध तथा अन्य अवैध मालसामान भित्रिन सक्ने भएकाले कुकुरको प्रयोग गरिएको हो । गड्डाचौकीमा खटाइएको कुकुरले एउटाले विस्फोटक पदार्थ र अर्कोले लागुऔषध पहिचान गर्छन् ।
प्रतिक्रिया दिनुहोस्