हात्तीको आवाज सुनेर भागेका कञ्चनपुरका एक युवक मृत फेला

धनगढी : कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–५ का २२ वर्षीय उमेश चौधरी मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चौधरीसहित तीनजना मैना टोलमा राति साढे एक बजेसम्म दसैँको नृत्य हेरिरहेका थिए ।

‘दसैँको नेत्उ हेरेर घर फर्कने क्रममा बन्तरियास्थित जंगलमा हात्तीको आवाज सुनेपछि चौधरी आफैँले चलाएको से ४ प ८६१८ नम्बरको मोटरसाइकल छोडेर भागेका थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले भने, ‘मोटरसाइकलमा सबार २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नविन चौधरी भने स्थानीयको सम्पर्कमा आएका थिए ।

Seti Hospital

राति नै उमेश सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरी टोली खटिएको थियो ।’ डिएसपी जोशीका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट टोली खटिएकोमा उमेश मंगलबार विहान सात बजे पुष्पलाल स्मृति सामुदायिक वनमा मृत फेला परेका छन् । ‘उमेश मृत फेला परेको स्थानमा हात्तीको दिशा र रुख पनि मडारेको जस्तो देखिएको छ,’ डिएसपी जोशीले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको जस्तो देखिन्छ । थप अनुसन्धान भने जारी छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार