राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सोमबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरुका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवाहरुलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिनुभएको हाे । 

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरु मिलेर मुलुकमा देखिएका समस्याहरुको समाधान खोज्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । 

dashain shuvakamana
Discovery School

गाउँगाउँमा आधारभूत सुविधाहरु पुगेर बस्ने अवस्था सृजना भएपनि रोजगारी र आम्दानी नभएकाले मानिसहरु गाउँ छोडिरहेको हुनाले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । राष्ट्रपति पौडेलले हालै आएको बाढीपहिरोबाट प्रभावितहरुको राहत तथा पुननिर्माणका कामलाई तिव्रता दिन  सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । 

भेटमा प्रधानमन्त्री ओलीले अहिलेको देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले दुईवटा ठूला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गर्नुभएको थियो । 

सो क्रममा प्रधानन्त्री ओलीले संयुक्त राष्ट्र संघ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेलेलाई जानकारी गराउनुभएको थियो । महासभामा नेपालले समुद्रसतह उठेको देखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको पनि बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भ्रमणका सन्दर्भमा  विभिन्न महत्वपूर्ण साइडलाइन वार्ता गरेको पनि जानकारी गराउनुभएको थियो । सो भेटमा परराष्ट्रमन्त्री आरजु राणा लगायतको पनि सहभागीता थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार