विष्णु खत्रीको ‘दसैँ आइसक्यो’ सार्वजनिक

काठमाडौं : आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन
तिरेरै गाछैन पोहोर सालकै ऋण
दसैँ आइसक्यो,
रित्तो गोजी रित्तै छ भकारी परान खाइसक्यो ।

यस्तै शब्द समेटेर लोक तथा दोहोरी गायक विष्णु खत्रीले नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी ‘दसैँ आइसक्यो’ गीत सार्वजनिक गरेका छन् । गीतमा गरिबीका कारण दसैँ मनाउन कठिन भएको आम नेपालीको कथा उजागर गरिएको छ ।

dashain shuvakamana
Discovery School

विष्णु खत्री नामक युट्यूब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा गायक खत्री र लक्ष्मी खड्काको स्वर रहेको छ भने लय/शब्द स्वयं गायक खत्रीकै छ । गीतको सङ्गीत संयोजन कृष्ण विकले गरेका छन् ।

गायक खत्रीले यस अघिका दसैँहरुमा ‘दसैँमा आउ प्यारा’, ‘दसैँ तिहार आउँदा’, ‘सुनको जलप’, ‘माया अपार’, ‘रिनै रिनको’, ‘मेरो यस्तै चाल छ’, ‘दसैँ तिहार गाउँमा’ र ‘चचहुई’ लगायतका दसैँसम्बन्धी लोक तथा दोहोरी गीत बजारमा ल्याएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार