राप्ती नदीमा खसेका बालकको सकुशल उद्धार

काठमाडौं : दाङको राप्ती गाउँपालिका–३ खुरुरियास्थित राप्ती नदीको बीच टापुमा खसेका एक बालकको सकुशल उद्धार भएको छ ।

खुरुरियास्थित झोलुंगे पुलबाट नदीको बीच भागमा खसेका सोही ठाउँका १३ वर्षीय सुधन चौधरीको प्रहरीले उद्धार गरेको हो । इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्रको ज्वालामाई गणको टोलीले बालकको उद्धार गरेका हुन् ।

उनी आइतबार साढे ३ बजे नदीको बीच टापुमा खसेका थिए । त्यसको एक घण्टापछि बालकलाई उद्धार गरिएको भालुबाङ प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार