धनगढीको शैक्षिक गुणस्तर सुधार्न ईन्जिनियर ओझाको सहयोग

धनगढी : शैक्षिक गुणस्तर सुधार्न धनगढीका ईन्जिनियर कमल ओझाले सहयोग गरेको छ। धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषमा धनगढी उप-महानगरपालिकाका  ईन्जिनियर कमल ओझाले आर्थिक सहयोग गरेका हुन् । 

विपन्न परिवारका ७ जना बालिकाको पोशाक खरिदका लागि भनेर ओझाले ३७ हजार ५ सय  रुपैयाँ धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको जनाएको छ।

dashain shuvakamana
Discovery School

धनगढी  उप–महानगरपालिकाको दशै स्थापना दिवसको अवसरमा आयोजित समारोहमा कर्मचारीको तर्फबाट स्थानीय सेवा पुरूस्कार ५० हजार  उप–महानगरपालिकाबाट प्राप्त गरि पुरूस्कारको कर कट्टा गरि बाकी ३७ हजार ५ सय रुपैयाँ सहयोग गरेको ओझाले बताए । 

धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ। ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो।कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्नेहरूको संख्या बढ्दै गएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

हाल सम्म बालिकाको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा ५५ लाख ३० हजार २ सय ५० रुपयाँ जम्मा भएको उपमहानगरले जानकारी दीएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार