बाजुराको छेडेदह गोल्ड कप २०८१, विजेतालाई ३ लाख पुरस्कार

बाजुरा : बाजुरामा तीन लाख धनराशीको छेडेदह गोल्ड कप २०८१ हुने भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा कात्र्तिक १ देखि ७ गतेसम्म गोल्डकप हुन लागेको हो ।

हरेक वर्ष दशैं तिहार बिशेष हुने फुटबल प्रतियोगिता योवर्ष देखि गोल्डकपको रुपमा आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । खप्तड छेडेदह गाउँपालिका र छेडेहद स्पोर्टस् क्बलको सयुक्त सहकार्यमा गोल्ड कप आयोजना हुन लागेको हो ।

dashain shuvakamana
Discovery School

गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा हुने खेल प्रतियोगिता मध्ये यो नै सर्वाधिक धनराशीको आयोजना रहेको दाबी क्लबले गरेको छ ।

खेल क्षेत्रको शान, छेडेदह गोल्डकप बाजुराको पहिचान भन्ने नारा दिएर आयोजना गर्न लागिएको आयोजकले बताएको छ । सुन्दर नगरी आटीचौरमा २०७६ सालपछि हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरिका रुपमा विकास गर्नप्रतियोगितालाई निरन्तरता दिइदै आएको छ । 

यस अघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हूँदै आएको थियो । पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले सयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गरिएको हो ।

साँस्कृतिक कार्यक्रम र लोकप्रीय देउडा गायकहरुको उपस्थितिमा खेलको उद्घाटन गर्ने तयारी आयोजकले राखेको छ । बढालेकबाटै प्यारागलाइडिङ मार्फत उद्घाटनको तयारी थालिएपनि प्राविधिक समस्याका कारणले अर्को वर्षलाई सारिएको छ ।

राष्ट्रिय टिमका खेलाडीले समेत खेलको मैदानमा अछाम, कैलाली, बझाङ जिल्लाका टिमहरुले पनि भाग लिने गरेका छन् । यो पटक जिल्ला प्रशासन कार्यालय दर्ता भएका टिमलाई मात्रै खेलमा सहभागि गराइने आयोजकले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन नपाएका टिमको हकमा सम्बन्धीत पालिकाको आधिकारीक सिफारिस पत्र हुनु पर्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार