‘नेपाली एकै ठाउँमा छौँ’ देशभित्र एकताको सन्देश दिनुपर्ने भन्दै : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले देशभित्र एकताको सन्देश दिनुपर्ने बताएका छन् । टीकापुर नगरपालिकाले आयोजना गरेको तीन दिवसीय बृहत् सांस्कृतिक कार्यक्रमको आइतबार टीकापुरमा उद्घाटन गर्दै मन्त्री शाहले यस्तो बताएका हुन् । 

‘नेपाली एक ठाउँका छौँ, कसैले विखण्डन गर्न सक्दैन भन्ने सन्देश दिनुछ, एकता र एक सूत्रमा बाँधिन भूमिका निर्वाह गरौँ’ मुख्यमन्त्री शाहले भने, ‘सांस्कृतिक विविधतायुक्त नेपालमा स्थानीय सरकारले संस्कार, संस्कृति, रीतिरिवाज मूल्य मान्यताको जगेर्ना हुनेगरी कार्यक्रम गर्दा भावनात्मक रूपमा सबै जातजाति एकै ठाउँमा छौँ, हामीलाई कसैले विखण्डन गर्न सक्दैन, हाम्राबिचमा कसैले खेल्न सक्दैन भन्ने सन्देश दिएको छ, यस्तै कार्यक्रमबाट एकअर्कालाई सम्मान सद्भाव बढाउने एकताबद्ध बनाउने छ ।’

dashain shuvakamana
Discovery School

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि पाँच करोड छुट्टयाएको बताउँदै विश्वविद्यालय स्थापना हुन सके शैक्षिक सहरका रूपमा चिनिएको टीकापुरलाई विश्वविद्यालयले शैक्षिक केन्द्र हो भन्ने प्रमाणित गर्ने बताए ।

उनले राजनीतिक बिचार फरक–फरक भए पनि विकास अभियानले सार्थकता पाउन तीनवटै तहका सबै जनप्रतिनिधिहरू एकजुट भएर अघि बढौँ भन्ने आग्रह गरेका छन् । टीकापुर नगरपालिकाको संस्कृति प्रवर्धन कार्यक्रम अन्तर्गत थारु, मगर, अछामी, कर्णाली प्रदेशका संस्कृति प्रवर्द्धन हुनेगरी नाच, खेल, झाँकी प्रस्तुत भइरहेका छन् । नगरप्रमुख रामलाल डगौरा थारुले नगरबासीले बाटो, बिजुली लगायतका काम गर्नुपर्ने सुझाव दिनु भएको तर संस्कृतिको प्रवर्धन गर्नु पनि स्थानीय सरकारको दायित्वभित्र पर्ने भएकाले पालिकाकै आयोजनामा तीन दिनसम्म सांस्कृतिक कार्यक्रम आयोजना गरेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार