महिला र पुरुषको खो खो टोलीमा सुदूरपश्चिमबाट ४ जना छनोट

धनगढी : नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुषरमहिला टोली घोषणा गरेको छ । कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा खो खो संघले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट सुदूरपश्चिमबाट ४ जना खेलाडी छनोट गरिएको हो ।

पुरुष र महिला दुवैमा १५/१५ खेलाडीको अन्तिम छनोट गरिएको संघका कार्यबाहक अध्यक्ष छत्रबहादुर शाहीले जानकारी गराए । दुवै समूहमा १०/१० वैकल्पिक खेलाडी सार्वजनिक गरिएको छ ।

dashain shuvakamana
Discovery School

पुरुषमा हेमराज पनेरु, जनक चन्द, सुरज पुजारा, विकरालसिं रत्गैया, रोहितकुमार बर्मा, झलक बिक, वेदबहादुर ओली, विवश चौधरी, विशाल थारु, यमन पुरी, राजन बल, जोगिन्द्र राना, भरत सारु र गणेश विक छन् । सुदूरपश्चिमबाट जोगिन्द्र राना र गणेश बि.क  छनोटमा परेका हुन ।

वैकल्पिक खेलाडीमा पवन महर्जन, रेवन अधिकारी, मानव बोहरा, कृतिश सिन्तकला, प्रमोद राय दनुवार, धर्मराज कुशवाह, मुकेश गोदार, बिकी सुनार, आयुश गुरुङ र अमृतकाजी प्रधान छन् ।

महिलामा सरस्वती कठायत, मानमती धामी, पूजा ओड, आशा थारु, पुनम थारु, दीपा बिक, निशा शाही, कर्मा शाही, सम्झना बिक, दीपा बिक, खुश्बु राना, कञ्चन चौधरी, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले छन् । सुदूरपश्चिमबाट खुस्बु राना र वर्षा पण्डित  छनोटमा परेका हुन ।

प्रेरणा विष्ट, जयन्ती कुँवर, अस्मिता राय, मोहनकुमारी श्रेष्ठ, अम्रता ओली, जमुना राय, निशा सैंजु, प्रिन्सिका गोसाईं, निभा कुमारी र कृजला जलेजु वैकल्पिक खेलाडीमा छन् । बैकल्पिक मध्य प्रेरणा बिष्ट सुदूरपश्चिमबाट छनोट भएकी हुन् । 

मैत्रीपूर्ण प्रतियोगिता असोज २१ र २२ मा हुनेछ । भारतको पनि राष्ट्रिय टिमको सहभागिता रहने कार्यबाहक अध्यक्ष शाहीले बताए । पुरुषरमहिलामा ४/४ खेल हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार