अखाद्य वस्तु बेच्ने धनगढीको ‘फेमस’ विष्ट स्वीट हाउस कार्वाहीमा 

भक्तराज जोशी

धनगढी । धनगढीको विष्ट स्वीट हाउसलाई कार्वाही गरिएको छ । धनगढी उपमहानगरपालिकाको संयोजकत्वमा गरिएको बजार अनुगमनका क्रममा अखाद्य वस्तु बेचेको पाइएपछि धनगढी चौराहस्थित विष्ट स्वीट हाउसलाई कार्वाही गरिएको हो ।

विष्ट स्वीट हाउसलाई कार्वाहीस्वरुप २ हजार रुपैयाँ जरिवाना तिराइएको छ । 

Seti Hospital

अनुगमनमा सहभागी उपमहानगरपालिकाका एक कर्मचारीका अनुसार स्वीट हाउसमा गरिएको छड्के जाँचका क्रममा हाउसले म्याज गुज्रेका कोकाकोला बेच्ने गरेको तथा समोसामा प्रयोग हुने मसाला खुला राख्नुका साथै भान्सा सफा नराखेको पाइएको थियो । 

नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्नेगरी खाद्यवस्तु बेचेको पाइएपछि अनुगमन टोलीले स्वीट हाउसलाई कार्वाही गरेको उपमहानगरपालिकाका कर्मचारीले बताएका छन् । 

आइतबार उपमहानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय कैलाली र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सहभागितामा किराना, होटल तथा मिठाई पसलहरुमा संयुक्त अनुगमन गरिएको थियो । साथै अनुगमन टोलीले पसलहरुमा सरसफाई तथा खानामा गुणस्तर कायम राख्न पनि निर्देशन दिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार