तिलगंगा आँखा प्रतिष्ठानको सेवा अछाम कमलबजारबाटै

अछाम : तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंले सुदूरपश्चिमको ८८ स्थानीय तहमध्ये अछामको कमलबजार नगरपालिकामा पहिलो पटक आफ्नो लगानीमा सेवा दिने भएको छ । 

तिलगंगा आँखा प्रतिष्ठानका नेपाल आँखा कार्यक्रमका डाक्टर मोहन कृष्ण श्रेष्ठका अनुसार शहरी आँखा केन्द्र कमलबजार अछामको संचालनका लागि तिलगंगा आँखा प्रतिष्ठान, कमलबजार नगरपालिका र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालबीच सम्झौता भएको छ । ‘अन्य संस्थाहरु सहकार्य गरेर सुदूरपश्चिममा शिविर संचालन भइरहेका छन् ।

dashain shuvakamana
Discovery School

संस्थागत रुपमा सुदूरपश्चिममा पहिलो पटक तिलगंगा आँखा प्रतिष्ठानले कमलबजार नगरपालिकासँग सहकार्य गरेर काम गर्न थालेको हो । अछाममा संचालन हुने आँखा उपचार केन्द्रको फ्रन्टलाइनमा तिलगंगा आँखा प्रतिष्ठान नै रहेने छ,’ डाक्टर श्रेष्ठले भने, ‘तिलगंगा आँखा प्रतिष्ठानले यसअघि ४५ स्थानीय तहसँग सहकार्य गरेर काम गरिरहेको छ । यी मध्येका धेरैजसो स्थानीय तह बाग्मती प्रदेशका छन् ।

सुदूरपश्चिममा पहिलो पटक सेवा दिँदैछौं ।’ सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्न, आँखा उपचार सेवाको पहुँच नपुगेका ठाउँहरुमा शिविर संचालन गर्न र दुर्गमका जनतालाई आँखा उपचारमा राहत दिनका लागि तिलगंगा आँखा प्रतिष्ठान र गेटा आखा अस्पतालसँग सहकार्य गरेर सेवा प्रवाहको प्रयास भइरहेको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए ।

उनका अनुसार तिलगंगा आँखा प्रतिष्ठानले ४० लाख रुपैयाँ बराबरको लगानी लगाउने, २ जना कर्मचारीको तलब बेहोर्ने, वर्षमा एक पटक विशेषज्ञ आँखा शिविर संचालन गर्ने सम्झौतामा उल्लेख छ । नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा कमलबजारमा शहरी आँखा केन्द्र संचालनका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार