बाजुराको जिल्ला अस्पतालमा अक्सिजनको अभाव

बाजुरा : जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएको छ । अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेसिनमा खराबी आएपछि अक्सिजन सिलिण्डरहरु रित्तिएका अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

उनका अनुसार एक महिनादेखि अक्सिजन प्लान्ट बन्द छ भने बिरामीहरुका लागि बयलपाटाबाट ल्याउनुपर्ने बाध्यता छ । मेसिन मर्मतका लागि कम्पनीलाई पटक-पटक बोलाउँदा पनि नआएको र अग्रिम भुक्तानी माग गरेका कारण मर्मतमा ढिलाइ भएको बाजुरा अस्पतालले जनाएको छ ।

dashain shuvakamana
Discovery School

सुदूरपश्चिम सरकारको बजेट ढिला आएको, अस्पतालको आन्तरिक श्रोतबाट मर्मत गर्न नसकिने भएका कारण ढिलाइ भएको र अब दसैँ लगत्तै मर्मत गरिने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार