कञ्चनपुर : सशस्त्र प्रहरीले कञ्चनपुरबाट आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका–११, नमुना ईटा ईटा भट्टा नजिक सीमा ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइ बेवारिसे अबस्थामा रहेको ८ लाख ६ हजार १ सय रुपैयाँ बराबरको लेडिज कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक बिष्णु प्रसाद अर्यालको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको सीमा पैदल गस्ती टोलीले सो सामान बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस्