गायक भट्टराईको स्वरमा नयाँ गीत ‘कस्तो हो यो मायाँ…’ सार्वजनीक

काठमाडौं : गायक निशान भट्टराईको स्वरमा नयाँ गीत ‘कस्तो हो यो मायाँ…’को भिडियो यतिबेला बजारमा आएको छ । अभिनेता ईश्वर थापाले यो गीत लेखेका हुन् । गीतमा लेखु सहयात्रीको संगीत सिर्जना र पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ ।

एक दर्जन नेपाली चलचित्रमा अभिनेताको रुपमा अभिनय गरेपछि क्यानडा गाएका इश्वर क्यानडामै बस्दै आएका छन् । उनले त्यहाँ रहेर पनि विभिन्न चलचित्र तथा म्युजिक भिडियोमा निरन्तर अभिनय गर्दै आएका छन् ।

dashain shuvakamana
Discovery School

अभिनेता ईश्वर थापाले यो गीतको छायाँकन पनि क्यानडामै गरेका हुन् । यो गीतमा इश्वर थापा र मोडल फरिता खड्काको अभिनय रहेको छ ।

गीतको भिडियोलाई अभिनेता इश्वरले आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् । क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोलाई हेरुका लामाले निर्देशन गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार