बैतडीको डिलासैनीमा गर्भवतीलाई दिइयो निःशुल्क अल्ट्रासाउन्ड सेवा

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाले गर्भवतीहरुलाई निस्शुल्क अल्ट्रासाउण्ड सेवा दिइरहेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथ योगीले प्रत्येक वडाका स्वास्थ्यचौकीमा शिविर आयोजना गरेर गर्भवतीहरुको निस्शुल्क अल्ट्रासाउण्ड गर्ने गरिएको बताए ।

आमा र शिशु बचाउने अभियान अन्तर्गत प्रत्येक वडामा गर्भवतीहरुको अल्ट्रासाउण्ड गर्ने गरिएको उनले बताए । अल्ट्रासाउण्डबाट गर्भवती र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा हुने हुँदा उनीहरुमा कुनै किसिमको जटिलता भए सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने गरिएको शिविरमा सेवा दिँदै आएकी अनमी अम्सरा बिष्टले बताइन् ।

dashain shuvakamana
Discovery School

अहिलेसम्म गाउँपालिकाको वडा नम्बर १,२,३,५ र ६ मा शिविरको आयोजना गरिएको बताइएको छ । ७० जना गर्भवतीले सेवा लिएकामा ५ जनामा जटिलता देखिएकोले उनीहरुलाई समयमै सुविधा सम्पन्न अस्पताल जान सुझाव दिइएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार