दाउन्नेमा दुईतर्फी सडक सुचारु हुन समय लाग्ने,घण्टौंको सवारी जामले कष्टकर बन्दै यात्रा

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको दाउन्नेमा पटक -पटक सडक भासिएर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । सडक भासिएपछि हिजो साझ देखि अवरुद्ध सडक आज बिहान १० बजे तिर बाट एकतर्फी रुपमा संचालनमा ल्याइएको छ । तर सवारी साधनको चाप धेरै भएकाले सवारी साधनहरु घण्टौ जाममा पर्ने गरेका छन् भने यात्रुलाई सास्ती पनि उस्तै छ । पश्चिम तर्फ बर्दघाट क्षेत्रबाटै सवारी साधनको लाईन छ भने दुम्किबास तर्फ पनि लामो लाईन रहेको छ । लामो समय सम्म जाममा बस्नुपर्दा यात्रुलाई सास्ति भएको हो ।

हिजोदेखि जाममा रहेको सवारी साधन १५ घण्टा पछि बल्ल आज दिउसो दाउन्ने पार गरेर गन्तव्य तर्फ लागेका छन् । जाममा बस्नुपर्दा खाना त परै जाओस् प्रर्याप्त पानी समेत पिउन नपाएको यात्रुले दुख पोखेका छन् । धनगढी बाट काठमान्डौका लागी हिड्नुभएकि यात्रु प्रतिमा बडुले १२ घण्टा गाडीमा बिताउदा निकै सास्ती भएको बताउनुभयो ।

अझै बालबच्चा सहित यात्रा गर्नेहरुको अवस्था त झनै काहालीलाग्दो छ । रातभर एकै स्थानमा खानपिनको समेत व्यवस्था नहुदा समस्या भएको यात्रुहरुले बताएका छन् । यस्तो सास्तीका बिच तत्कालै दाउन्ने सडक सहज रुपमा सुचारु हुने सम्भावना छैन् ।

बर्दघाट ४ दाउन्ने उकालो स्थीत खुर्सानीखोलामा सडक भासिएपछि सवारी आवागमनमा समस्या भएको हो । गत असोज १४ गते सडक भासिएर अवरुद्ध भएको सडक १५ गते देखि सुचारु भएको थियो ।

फोटो: बिकास अधिकारी
दाउन्ने क्षेत्रमा भासिएको सडक मर्मत गरिदैँ -फोटो: बिकास अधिकारी

१५ गते रातभर सवारी रोकेर काम गरिएपनि हिजो फेरि अवरुद्ध भएपछि दाउन्ने क्षेत्रको यात्रा कष्टकर बनेको छ । तत्कालै दुईतर्फि सडक खुल्ने सम्भावना नरहेको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिनुभयो । ठुलो पहिरो सहित सडक भासिएकाले काम गर्न समस्या भएको उहाँको भनाई छ ।

सडक भासिएको माथिल्लो भागमा हाईटेन्सन लाईनको टावर पनि ढलेको छ । उक्त टावरमा रहेका बिजुलीका तार हटाईसकिएकाले अब टावर पनि हटाएर पहाड काटेर दुईतर्फि यातायात सुचारु गर्न पहल भईरहेको श्रेष्ठले बताउनुभयो ।

”माटो गिलो छ जसका कारण सडक दबिरहेको छ, सडक पुरै बन्द गरेर काम गर्न सक्ने अवस्था छैन्, बेलाबेलामा केहि समयका लागी बन्द गर्ने र खोल्ने गरी पहाड काटेर बाटो फराकिलो बनाउने काम भईरहेको छ” श्रेष्ठले भन्नुभयो।

सडक समस्याका कारण हिजोदेखि दाउन्ने क्षेत्रमा लामो जाम छ । जसका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जथाभावि गाडी ओभरटेक गर्ने प्रयास गर्दा पनि जाम भएको भन्दै यात्रुले ट्राफिक प्रहरीको संख्या बढाएर व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनशक्ति अभावले समस्या भएको बताएको छ । चाडपर्वको बेलामा दाउन्ने क्षेत्रमा सडक समस्याले यात्रा कष्टकर बनेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार