सुदूरपश्चिम रोयल्सले खड्कालाई गरे प्रिमियर लिगको टोली सीईओ नियुक्त

धनगढी : नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले प्रकाश खड्कालाई सीईओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र खड्काबीच शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

खड्का लामो समयदेखि क्रिकेट व्यवस्थापनमा सक्रिय रहेका‌ थिए । उनले घरेलु क्रिकेटको धनगढी प्रिमियर लिगमा १० वर्ष निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए ।

dashain shuvakamana
Discovery School

सुदूरपश्चिमको पहिचान बोकेर एनपीएलमा सुदूरपश्चिम टोलीको साथ दिन पाउँदा खुसी लागेको खड्काले बताए । उनले भने, ‘सुदूरपश्चिम क्षेत्र क्रिकेटको उर्वर भूमि हो । हाम्रो क्षेत्रको प्रतिनिधित्व गरेको टोलीको हिस्सा बन्न पाउँदा गर्व महसुस भएको छ ।

अब मैदानभित्र टोलीलाई थप बलियो बनाउन हाम्रो प्रयास हुनेछ । मार्कीमा हाम्रै क्षेत्रका दीपेन्द्रसिंह ऐरी र प्रशिक्षक जगत टमाटा हुँदा थप बल पुगेको छ । ’

टोलीले बिहीवार ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमाटा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार