वयस्क पोथी हात्ती शुक्रबार मृत फेला

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृत फेला परेको छ। हात्ती प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए।

हात्तीको मलद्वारबाट गोबर र आन्द्रा निस्केको अवस्थामा रहेको पाइएको हो।निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उनले बताए। ​

बस्तीभन्दा करिब तीनचार किलोमिटरभित्र हात्ती मृत फेला परेपछि पशु चिकित्सकको टोलीले जाँच गरेको थियो। जाँच गर्दा पेटभित्र ग्यास भरिएर  हात्ती मरेको पाइएको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिए। 

हिन्दु परम्पराअनुसार हात्तीको सद्गत गरिएको उनले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार