जिप दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौँ : स्याङ्जाको आँधिखोला गाउँपालिका-२ स्थित भालेखर्कमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग१ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा आँधिखोला-५ घर भएका आत्मराम सिग्देल, कलावती घिमिरे, सिर्जना चापागाईँ, अमना नेपाली, शान्तिकुमार सापकोटा, शिव सिग्देल र ३ वर्षीया सोफिया नेपाली रहेका छन् ।

उनीहरुलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । जिप चालक अर्जुनचौपारी गाउँपालिका-५ का २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार