महिला टी-२० विश्वकपमा बङ्गलादेश र पाकिस्तान विजयी

एजेन्सी : आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा बङ्गलादेश र पाकिस्तानले विजयी शुरुआत गरेका छन् ।

हिजो भएको समूह ‘बी’ को उद्घाटन खेलमा बङ्गलादेशले स्कटल्यान्डलाई १६ रनले हरायो । बङ्गलादेशले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि सारा ब्रेसले सबैभन्दा धेरै ४९ रन बनाइन् । बङ्गलादेशकी रितु मोनीले २ विकेट लिइन् ।

यसअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय १९ रन बनायो । बङ्गलादेशका लागिसोभना मोस्तारीले ३६ रन बनाइन् । स्कटल्याडकी सस्किया होर्लीले ३ विकेट लिइन् ।

यस्तै गएराति भएको समूह ‘ए’ को खेलमा पाकिस्तानले श्रीलङ्कालाई ३१ रनले हरायो। पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ९ विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । श्रीलङ्काका लागि निलकशिखा सिल्भाले सबैभन्दा धेरै २२ रन बनाइन् । पाकिस्तानकी सादिया इकबालले ३ विकेट लिइन् ।

यसअघि शारहाजमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २० ओभरमा १ सय १६ रन बनाउँदा अलआउट भयो । पाकिस्तानका लागि फतिमा सनाले ३० रन बनाइन् । श्रीलङ्काकी उदेशिखा प्रबोधानी र सुगन्दिका कुमारीले समान ३ विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार