राष्ट्रपति पौडेल बाजुरा आउने कार्यक्रम स्थगित

बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा आउने कार्यक्रम स्थगित भएको छ । पुर्व निर्धारित समय अनुसार असोज २१ गतेका लागि तय गरिएको राष्ट्रपति पौडेलको बाजुरा आउने कार्यक्रम स्थगित भएको छ । अविरल वर्षा र बाढी पहिरो आउने सक्ने सम्भावना बढ्ने भएपछि राष्ट्रपति पौडेलको बाजुरा आउने कार्यक्रम स्थगित भएको नगर प्रमुखले बताएका छन् ।

बडीमालिका मन्दिरको अवलोकन र नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि राष्ट्रपति पौडेल असोज २१ गते बाजुरा आउने गरी त्रिवेणी नगरपालिकाले कार्यक्रमको तयारी गरेको थियो ।

dashain shuvakamana
Discovery School

देशमा केहिदिन यताको अविरल वर्षासंगै आएको बाढीले जनधनको ठुलो क्षति भएकोले र अझैपनि बाढीपहिरो आउने क्रम जारी रहेकोले राष्ट्रपति पौडेलेको असोज २१ गतेको बाजुरा आउने कार्यक्रम स्थगित भएको त्रिवेणी नगरपालिकाका नगर प्रमुखका स्वकीय खेमराज गिरीले सामाजिक संजाल फेसवुक मार्फत जानकारी गराएका छन् ।

राष्ट्रपति पौडेलद्धारा असोज २१ गतेका दिन गरिने बडीमालिका मन्दिरको दर्शन र नाटेश्वरी मन्दिरको समुद्घाटन हुने कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार