खप्तड यातायायातमा आर्थिक अनियमितता

धनगढी : खप्तड यातायात प्रालि धनगढीमा आर्थिक अनियमितता हुने गरेको विषय बाहिर आएको छ। यातायात प्रालिका अध्यक्षकै संलग्नतामा आर्थिक अनियमितता हुने गरेको विषय बाहिर आएको हो।

खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले रुट अध्ययनदेखि तलबभत्तासम्मै मनपरी गर्ने गरेको भन्दै व्यवसायी रुष्ट बनेका छन्। प्रालिभित्र आर्थिक अनियमितता बढ्दै गएपछि करिब दुई महिना अघि छानबिन समिति नै बनेको थियो। तर अहिलेसम्म कुनै छानबिन भने हुन सकेको छैन्।

SHIKHAR COOL TECH

प्रालिमा आवद्ध केही पदाधिकारीले अध्यक्ष जोशीले रुट अध्ययनको नाममा त्यसको बिलभरपाई नगरेरै आफुअनुकुल खर्चे गर्ने गरेको आरोप छ। त्यस्तै अध्यक्षकी छोरीको हवाई भाडा र आइ–फोन समेत खप्तड यातायात प्रालिको पैसाबाट खरिद गरिएको आरोप समेत छ। 

प्रालिबाट अध्यक्षले मासिक रुपमा २३ देखि २४ हजार बुझ्ने गरेको भन्दै यसको पदाधिकारीले नै विरोध गर्दै आएका छन्। विधानमै नभएको सुविधा अध्यक्षले लिने गरेको आरोप लागेको हो। शालीग्राम भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको भए पनि उनले अध्यक्षकै दबाबमा काम गर्न नदिएको आरोप छ। ८ लाखको चेक कल्याणसिंह कुँवरको नाममा काटिएको छ।

अनि पैसा अर्कैले प्रयोग गरेको छ। तीन लाख दाखिला भयो। पाँच लाख अझै बाँकी रहेको भट्टले बताए। आर्थिक प्रतिवेदन तयार पार्न छानबिन संयोजकलाई आधिकारीक रुपमा नियुक्तिपत्र तथा कुनै प्रमाणपत्र नदिएको गठित छानविन समितिका संयोजक भट्टको गुनासो छ। अध्यक्ष जोशीले आफुअनुकुल हुने निर्णय मात्र कार्यान्वयन गर्ने गरेको आरोप छ।

खप्तड यातायात प्रालि अहिलेसम्म नवीकरण नै गरिएको छैन्। अतिथि सत्कारको नाममा होटलमा मदिरा सेवन गरेका बिलहरु रहेको बताइएको छ। अहिलेसम्म साधारण सभा नै नभएको भन्दै व्यवसायी रुष्ट छन्। तर यस विषयमा अध्यक्ष जोशीसँग बुझ्न खोज्दा उनले साँझ अथवा भोलि मात्र कुरा गर्ने भन्दै बिचमै फोन काटेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार