बैतडीको खोड्पेमा विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेसन सञ्चालनमा

बैतडी : बैतडीको खोड्पेमा विद्युतीय गाडी चार्ज गर्ने चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।  

नविन बिष्टले सञ्चालन गरेको होटल हरिहर प्लाजामा विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । 
बैतडीसहित दार्चुला र बझाङको केन्द्रको रुपमा रहेको यस चार्जिङ स्टेसनमा तीन वटै जिल्ला भएर ओहोरदोहोर गर्ने विद्युतीय सवारी साधनहरुका लागि चार्ज गर्न सक्ने चार्जिङ स्टेसन सञ्चालक अर्जुन बिष्टले बताए । २४ सै घण्टा चार्ज गर्ने सुविधा रहेको उनले बताए । 

dashain shuvakamana
Discovery School

बिहीबार एक कार्यक्रमकाबीच विद्युतीय चाजिङ स्टेसनको सुरुवात गरिएको हो । पछिल्लो समयमा पहाडी क्षेत्रमा पनि विद्युतीय सवारीको चाप बढ्दै गएकाले यस चार्जिङ स्टेसनले सहज सेवा दिने अपेक्षा गरिएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । 

बैतडीसहित दार्चुला र बझाङ ओहोरदोहोर गर्ने विद्युतीय सवारी साधनले यस स्टेसनबाट सेवा लिन सकिने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार