पेनाल्टी सुटआउट जिते ५५ के.जी को खसी उपहार !!!

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–८ मा दोस्रो मैत्रीपूर्ण पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएका छ। नेपाली काँग्रेस वडा कार्यसमिति धनगढी–८ कैलालीको आयोजनामा सो प्रतियोगिता हुन लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

विजयदशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा यहीँ असोज १८ गते (शुक्रबार) कैलाली क्षेत्र नं. ५ शुभकामना आदानप्रदान तथा वडास्तरीय क्रियाशील सदस्य दोस्रो मैत्रीपूर्ण पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गरिएको वडासभापति मोहन ओझाले बताए। उनका अनुसार प्रतियोगितामा कैलाली क्षेत्र नं. ५ भित्र पर्ने २१ वटा वडाका टिमले सहभागिता जनाउन पाउनेछन्।

dashain shuvakamana
Discovery School

प्रतियोगिता धनगढी युवा क्लबको खेल मैदान धनगढी–८ धनगढी गाउँ नवदुर्गा टोलमा हुनेछ। प्रतियोगिताका लागि आयोजकले केही नियम पनि बनाएको छ। टिममा नौ जना खेलाडी हुनुपर्नेछ। खेलाडी सोही वडाको हुनुपर्ने र अनिवार्य रूपमा नेपाली कांग्रेसको क्रियाशील सदस्य रही नेपाली नागरिकताअनुसार ३५ वर्ष पुगेको हुनुपर्ने आयोजकले जनाएको छ।

नेपाली कांग्रेस नगर कार्यसमिति, प्रदेश कार्यसमिति, क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति तथा भातृ संस्था तथा शुभेच्छुक संस्थाहरूको हकमा साथै अनिवार्य रूपमा नेपाली कांग्रेसको क्रियाशील सदस्य रही नेपाली नागरिकताअनुसार ३५ वर्ष पुगी सोही समितिमा रही टिम दर्ता गर्नुपर्नेछ।

टिम दर्ता शुल्क प्रति टिम पाँच हजार रुपैयाँ लाग्नेछ। असोज १७ गते दिउँसो ३ः०० बजेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ । खेलमा कुनै किसिमको विवाद आएमा अन्तिम निर्णय रेफ्रीको रहने आयोजकले जनाएको छ।। प्रथम हुने टिमलाई ३० र द्वितीयलाई २५ केजीको खसी पुरस्कार दिइनेछ। उत्कृष्ट खेलाडी र र उत्कृष्ट गोल रक्षकलाई लाई ११ सय पुरस्कारको व्यवस्था गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार