भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

डडेलधुरा : सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्र सडक भीमदत्त राजमार्गमा परेको खाल्टाखुल्टीले दैनिक हजारौँ यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ । सो राजमार्ग अन्तर्गत डडेलधुरा जिल्लामा पर्ने सडकखण्ड बिग्रिएकाले यात्रा कष्टकर हुँदै आएको छ ।

यो सडकखण्ड मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीबाट करिब १३ करोड रुपियाँ लागतको छ वटा ठेक्का सम्झौता गरिएका छन् तर हालसम्म कामको सुरुवात नहुँदा सडकको स्तरोन्नति हुन सकेको छैन । नेपालीको महान चाड दसैँतिहार आउँदासम्म यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ ।

dashain shuvakamana
Discovery School

ठेक्का सम्झौता भए पनि वर्षा र दसैँको मुखमा कामको सुरुवात गर्न नसकेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रमुख रमेश भट्टराईले जानकारी दिए। उनका अनुसार यस सडकखण्डको गैरा–अनारखोली खण्डमा पहिले पनि ठेक्का सम्झौता भएका थिए ।

ठेकेदारले काम नगरेपछि सम्झौता तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राखी हाल नयाँ ठेक्का सम्झौता गरिएका हुन् । नयाँ ठेक्का सम्झौता गरिएको दुई महिनासम्म पनि काम सुरु हुन सकेको छैन । यी तीन वटै सडकखण्ड निकै बिग्रिएका छन । बिग्रिएका सबै खण्डमा खाल्टाखुल्टी टाल्ने र त्यसमाथि एक ‘रियाप लेयर’ हाल्ने गरेर ठेक्का सम्झौता गरिएको छ ।

यसै गरी कैलाली जिल्लाको फल्टुडेदेखि बैतडीको अनारखोली बजारसम्मको सडकखण्डमा परेका खाल्टाखुल्टी टाल्न जय गणेश निर्माण सेवासँग ३२ लाख रुपियाँ, फल्टुडे–गैर खण्डका खाल्टाखुल्टी टाल्न ६८ लाख र गैरा–स्याउले सडकखण्डका खाल्टाखुल्टी टाल्न ७० लाख रुपियाँ बराबरका थप तीन गरेर नयाँ ठेक्का सम्झौता पनि भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार