आईसीसी महिला टी–२० विश्वकप आजदेखि सुरु हुँदै !

एजेन्सी : आईसीसी महिला टी–२० विश्वकप आजदेखि सुरु हुँदैछ । यूएईमा हुने महिला टी–२० विश्वकपमा २०२४ मा १० वटा टोलीको सहभागिता रहेको छ ।

कात्तिक ४ गतेसम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलङ्का छन् । समूह ‘बी’ मा बङ्गलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

dashain shuvakamana
Discovery School

प्रतियोगिताको उद्घाटन खेलमा आज बङ्गलादेशले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शारजाहमा सुरु हुनेछ ।

आजै राति पौने ८ बजे पाकिस्तान र श्रीलङ्का पनि खेल्नेछन् । यस पटककको महिला टी–२० विश्वकप दूबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र शारजाह क्रिकेट स्टेडियममा आयोजना हुनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार