कैलाली प्रहरीले समात्यो तीन फरार प्रतिवादी

धनगढी : कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयनको शिलशिलामा जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन जनालाई पक्राउ गरिएको हो।

लागूऔषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र पाँच हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय लक्ष्मीप्रसाद गुरागाईलाई पक्राउ गरिएको छ।

SHIKHAR COOL TECH

यस्तै वन मुद्दामा १३ हजार एक सय ५० जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषीटोल बस्ने ४६ वर्षीय लालसिंह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय रमेश कठरियालाई पक्राउ गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार