बैतडीमा एक सुत्केरी महिलाको मृत्यु

बैतडी : बैतडीको पञ्चेश्वरमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनिषा घटालको मृत्यु भएको हो।

सोमवार दिउँसो मृत बच्चालाई जन्म दिएकी घटालको अत्यधिक रक्तश्रावका कारण मंगलवार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए। घरमै सुत्केरी भएकी घटालले पेटभित्रै मरेको बच्चालाई जन्म दिएकी थिइन्।

Seti Hospital

त्यसपछि उनलाई रक्तश्राव भएको र स्वास्थ्य संस्था नलाग्दा उनको अकालमै ज्यान गएको बुझिएको छ। वर्षातका कारण पहिरोले बाटोघाटो अवरुद्ध हुँदा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन नसकेको मृतकका आफन्तले जनाएका छन्।

गाउँ नजिकैको शेरी बर्थिङ सेन्टर समेत बन्द हुँदा झन् समस्या भएको बताइएको छ। मनिषालाई रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाक्रीको भर पर्दा उनको ज्यान गएको बुझिएको छ।

ग्रामीण क्षेत्रमा अझै पनि धामीझाक्रीको भरपर्ने अन्धविश्वासले समस्या हुने गरेको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सार्कीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार