सहरले देखेन सहरकै कच्ची बाटो !

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित पूरानो गोबरग्याँस नजिकको सडकको पीच भत्किएको वर्षौँ बित्यो तर अहिलेसम्म पनि सडक बनेको छैन ।

सडक भत्किएको करिब ८ वर्ष बित्दा पनि सडक निर्माण गर्नेतर्फ न उपमहानगरपालिकाको ध्यानाकर्षण गएको छ, न प्रदेश सरकारले चासो देखाएको छ न त केन्द्रीय सांसदले जोड दिएका छन् । यही कारण वर्षौंदेखि भत्किएको सडकमा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

dashain shuvakamana
Discovery School

पहिला पीच भए पनि सडक भत्किएको ८ वर्ष बित्न लाग्दासम्म सडक निर्माण गर्न स्थानीय तहले कुनै चासो नदेखाएको स्थानीय प्रेम चौधरीले गुनसो गरेका छन् । उनले पटकपटक सडक निर्माणका लागि विभिन्न निकायमा ताकेता गर्दा पनि सडक मर्मतमा कसैले चासो नदेखाएको बताएका छन् । सडक नबन्दा यात्रा गर्न सास्ती छ, उनले भने, अहिलेका मेयरले सडक बनाइदिनुहुन्छ कि भन्ने आश छ ।

त्यसो त सडक किन मर्मत भएन ? भन्ने प्रश्नमा स्थानीय स्वयम् आफै अनुत्तरित छन् । उनीहरुले जताततै सडक धमाधम निर्माण हुँदा उक्त सडक निर्माण नहुनु दुखद भएको बताएका छन् ।

स्थानीय जानकी अवस्थीले पनि सडक निर्माण भए आवतजावत गर्न सहज हुने भन्दै छिट्टै सडक निर्माण गर्न उपमहानगरपालिकासँग माग गरेकी छिन् । बाटो बन्यो भने हामीलाई निकै सहज हुन्थ्यो, उनले भनिन्, बाटो छिट्टै बनोस् ।

अर्का स्थानीय सिद्धराज भट्टले सडक भत्किएको कति भयो भन्ने समेत याद नभएको भन्दै धनगढी शहरभन्दा नजिकै रहेको उक्त सडक निर्माण नहुनु दुखद भएको बताएका छन् । यतिसम्मकी वर्षौँदेखि अलपत्र उक्त सडक अब बन्छ भन्ने आशसमेत नभएको भट्टले बताएका छन् ।

मलाई त बाटो बन्छ भन्ने आशै छैन र कसैले बनाउँछन् भन्ने पनि आश छैन, उनले भने, बाटो बने सहज हुन्थ्यो तर कसले, कहिले बनाइदिने हो भन्ने टुंगो छैन । छिट्टै बनोस भन्ने चाहन्छौँ ।

गाउँगाउँमा सडक सञ्जाल विस्तार गर्नुका साथै हरेक क्षेत्रलाई सहरसँग सहजै जोड्ने लक्ष्य लिएको स्थानीय सरकारले सहर नजिकै रहेको उक्त सडक विस्तारमा पहल गर्नुपर्ने स्थानीयहरुको भनाई छ । उनीहरुले वर्खामा उक्त बाटोमा आवतजावत गर्न साह्रै कठिनाई हुने भएकाले सडक मर्मततर्फ ध्यान दिन उपमहानगरपालिका र जनप्रतिधिसँग अनुरोध गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार