दसैंमा राति पनि हवाई उडान हुने : उड्डयनमन्त्री पाण्डे

काठमाडौँ : संस्कृति पर्ययटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका छन्।

मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको जनाएका छन्। मन्त्री पाण्डेले भने, ‘बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णीमाको दिनसम्म त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल, गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाइएको छ।’

साथै मन्त्री पाण्डेले रात्रिकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा विहान साढे चार बजेदेखि राति अपरेसनको समयमा आवश्यकताअनुसार उडान हुने जानकारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार