राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिमकोटमा सुरु

सिमकोट : सिमकोट गाउँपालिकाका माध्यमिक विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ। यसअघि सिमकोट गाउँपालिकाले गरेको निर्णयअनुसार सो प्रतियोगिता दशँैअगाडि सञ्चालन भएको हो।

प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन भएर सुरु भएको हो। प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दलु फडेराले प्रतियोगिताको ब्यानर वाचन गरेर गरेका थिए।

Seti Hospital

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले राष्ट्रिय झण्डाेतोलन गरेका थिए भने सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले दीप प्रज्वलन गरेका थिए।

प्रजिअ पाण्डले प्रतियोगिताको मुख्य रेफ्री दिनेश रावतलाई शपथ खुवाएका थिए भने रेफ्री रावतले सबै खेलाडीलाई खुवाएका थिए। प्रतियोगी विद्यालयका खेलाडीको मार्च पासमा उपप्रमुख फडेराले सलामी खाएका थिए।
यो प्रतियोगितामा गाउँपालिकाभित्रका मानसरोवर, बालमन्दिर, सैपाल हिमाल, कर्णाली, कैलाश, रामदेव र आयोजक रलिङ माविले सबै इभेन्टमा सहभागीता जनाएका छन्।

आयोजक रलिङ मावि बरगाउँ भए पनि सिमकोटस्थि खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको छ। यसका लागि छात्रा छात्रका १३ वटा इभेन्ट छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछन्।

प्रतियोगिताका लागि सात वटै विद्यालयबाट करिव साढे चार सय छात्रछात्राले सहभागिता जनाएका छन्। आर्थिक सहयोग गाउँपालिकाको भए पनि निर्णयअनुसार प्रत्येक वर्ष पालोअनुसार विद्यालयले प्रतियोगिता सञ्चालन गर्दै आएका छन्। उद्घाटन सत्रपछि आजैबाट प्रतियोगिताका खेल सञ्चालन हुनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार