काठमाडौँ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् ।
उनले गाउँपालिका अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै असोज १८ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् । उनी २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित थिए ।
विगत ११ महिनादेखि हङकङमा रहेका उनले नागरिकको सेवा गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामा पत्रमा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्