आधुनिक पार्क निर्माणको स्वागत गर्दै, पार्कको नाम वीरेन्द्र–ऐश्वर्य राख्न माग

धनगढी : राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जिल्ला कार्यसमिति कैलालीले धनगढीका नगर प्रमुख गोपाल हमाललाई ज्ञापनपत्र बुझाएको छ। मङ्गलवार संगठनले ज्ञापनपत्र बुझाएको हो।

राष्ट्रिय प्रजातान्त्रिक संगठन कैलाली जिल्ला कार्यसमितिले  अलपत्र अवस्थामा रहेको वीरेन्द्र-ऐश्वर्य उद्यानलाई अत्याधुनिक बनाउने उपमहानगरको योजनाको स्वागत गर्दै नाम परिवर्तन हुनुपर्ने माग राखेको छ। 

SHIKHAR COOL TECH

संगठनले २०६५ पुस १३ गते बसेको प्रथम नगर परिषद्को दोस्रो बैठकले वीरेन्द्र-ऐश्वर्य उद्यानको नाम परिवर्तन गरेकाले उक्त त्रुटि सच्याएर स्थापना हुँदाकै नाम कायम राख्नुपर्ने माग गरेको छ।

संगठनका कैलाली जिल्ला अध्यक्ष भुवन सिंहसहितका नेताहरूले पार्क निर्माणको योजनाको स्वागत गर्दै परिवर्तित नाम ”दशरथ-भीम उद्यान” हटाएर पहिलाकै नाम ”वीरेन्द्र-ऐश्वर्य उद्यान” राख्नुपर्ने माग गरेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार