पटाका लगायत एकैदिन ७ लाख बढीको अवैध सामान बरामद

धनगढी : प्रहरीले कैलाली कञ्चनपुरबाट विभिन्न स्थानबाट एकैदिन ७ लाख बढीको अवैध सामान बरामद गरेको छ । सोमबार कैलालीका गोदावरी, धनगढी, टीकापुर र कञ्चनपुरका भीमदत्त नगरपालिका दोधरा चाँदनी र पुनर्वासबाट पटाका सहित अवैध सामान बरामद गरिएको हो ।

टीकापुर नगरपालिका – ७ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका २ लाख ७२ हजार बराबरको अबैध पटाका सहित टीकापुर नगरपालिका – ९ का २८ वर्षीय दिपक धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट से ३ प ४३६९ नम्वरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

dashain shuvakamana
Discovery School

यसैबिच धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौहारा, धनगढी उपमहानगरपालिका-९ भैंसीघाट, गोदावरी नगरपालिका-४ हनुमान मन्दिर नजिक र टीकापुर नगरपालिका-५ संकरपुर पेट्रोल पम्प नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका अन्दाजी १ लाख १९ हजार ७१० रुपैयाँ बराबरको चिनी, मिठाई, सट, साडी, सुटपिस, लेहेङ्गा, ग्याँस, प्रेसर कुकर, प्लाष्टिक झिल्ली, माछा लगायतका सामानहरु बेबारिसे अवस्थामा बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका-४ गल्ली नम्बर १, भीमदत्त नगरपालिका-९ कुम्डाणी, भीमदत्त नगरपालिका-११ भुजेला, भीमदत्त नगरपालिका-१७ बासखेडा, दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर र पुनर्वास नगरपालिका-४ गुम्बाडाँडाबाट ३ लाख ९४ हजार ८१४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

जसअन्तरगत चिनी, दाल, पेय पदार्थ, मोबिल, हेडसेट, साडी, टेन्टको कपडा, Led TV, धाराको टुटी, हार्डवेयर, कस्मेटिक, किराना लगायतका सामानहरु रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उक्त सामान पनि प्रहरीले वेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार