स्कुल बसमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु

एजेन्सी : थाइल्यान्डमा एउटा स्कुल बसमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन् ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बसको टायर पड्किएर आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएको भन्दै समाचारमा भनिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुर्घटना मंगलबार दिउँसो १२ः३० बजे बैंककको खु खोत क्षेत्रमा भएको हो । बस स्थलगत भ्रमण सकेर स्कुलतिर फर्कँदै थियो ।

dashain shuvakamana
Discovery School

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए । उनीसँगै ५ जना शिक्षक पनि थिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ ।

थाइल्यान्ड सडक सुरक्षाको हिसाबले सबैभन्दा खराब देशमध्ये एक हो । यहाँ त्रुटिपूर्ण सवारी साधन र गलत तरिकाले सवारी साधन चलाउँदा बर्सेनि २० हजार दुर्घटना हुने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार