कैलाली र कञ्चनपुरका ३ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ : कैलाली र कञ्चनपुरका ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

dashain shuvakamana
Discovery School

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको सिफारिसमा गणपति निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा रक्षा कन्स्ट्रक्सन र पुनर्वास नगरपालिकाको सिफारिसमा विजय कन्स्ट्रक्सन प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

kalo

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार