धनगढी उपमहानगरपालिकाले रोप्यो विभिन्न सामुदायिक विद्यालयहरुमा ४ हजार ५ सय फलफुलका बिरुवा

धनगढी : धनगढी उपमहानगरपालिका ५१ सामुदायिक विद्यालयमा ४ हजार ५ सय फलफूलका बिरुवा रोपेको छ।

उपमहानगरले नगर क्षेत्रका ६८ सामुदायिक विद्यालय घेरवार अर्थात् पर्खाल भएका ५१ विद्यालयमा फलफूलका बिरुवा रोपेको हो। सामुदायिक विद्यालयमा यो वर्ष आँप र अम्बाको बिरुवा रोपिएको नगर प्रमुख गोपाल हमालले जनाएका छन्।

SHIKHAR COOL TECH

उनले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले खान पाउन भनेर फलफूलको बिरुवा रोपेको बताएका छन्। “विद्यालयमा हरियाली प्रवर्द्धन गर्न तथा बालबालिकाको पोषणसमेत ध्यानमा राखेर बिरुवा रोपिएको हो,“ उनले भने, “विद्यालयहरूमा विद्यार्थीहरूले नै बिरुवा रोपेका छन्, हुर्काउने र गोडमेल गर्ने काम पनि उहाँहरूले नै गर्ने छन् भने खाने पनि विद्यार्थीहरूलाई नै दिइनेछ।“

असारदेखि भदौसम्म सामुदायिक विद्यालयहरूको मागको आधारमा फलफूलको बिरुवा रोपिएको हो। विद्यालयहरूमा क्लब गठन गरेर बिरुवा रेखदेख र हुर्काउने जिम्मेवारी पनि विद्यार्थीहरूलाई नै दिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार