भारताल साझेदारी वनको अध्यक्षमा पुन : भण्डारी सर्वसम्मत चयन

धनगढी : कैलालीको धनगढी स्थित भारताल साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा दोस्रो कार्यकालका लागि यादव भण्डारी चयन भएका छन् ।

वनको दोस्रो साधारणा सभाले भण्डारीको अध्यक्षतामा उपाध्यक्ष पछि छनोट गर्ने गरी १७ सदस्यीय कार्यसमिति चयन सर्वसम्मत चयन गरेको हो । जसको सदस्य सचिवमा सव डिभजन वन कार्यालय फूलवारीका जिवछ यादव, सदस्यहरुमा यमुना भट्ट, मोहनराज ओझा, धुर्व कठायत, केवल रानाभाट, जानकी देवि रोकाय, रामदिन चौधरी, खेमबहादुर चन्द, दिपेन्द्र घर्तीमगर, टंक बास्कोटा, प्रकाश रानाभाट, छत्रबहादुर शाही, रामसमझ चौधरी, विष्णुजोशी  र अक्कल बहादुर भण्डारी रहेका छन् ।

dashain shuvakamana
Discovery School

यसैगरी सल्लाहकार उपसमिति संयोजकमा राधा मिश्र , पदम अधिकारी रहेका छन् । एक सदस्य पछि थप गरिने बताईएको छ । यसैगरी अनुगमन उपसमितिमा बलिराम चौधरी संयोजक चयन भएका छन् ।

सदस्यहरुमा भिमबहादुर चौधरी र सुस्मिता चौधरी रहेका छन् । लेखा समिति संयोजकमा निर्मल चौधरी सदस्यमा सरस्वती चन्द चयन भएका छन् भने एक सदस्यपछि छनोट गरिने बताईएको छ ।

राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रदेश सभासदस्य रमेश धामी , डम्वरी महरा लगायतको सहभागिता रहेको थियो । धनगढी उपमहानगरपालिकाका ११ वडा र कैलारीका २ वडा गरि भारताल साझेदारी वनको कार्यक्षेत्र रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार