बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका लक्षित गरि हिंसामा परेका महिला र बालबालिका लागि उपयुक्त सेवाको स्थापना र सुदृढीकरण बिषयक छलफल कार्यक्रम गरिएको छ।

बेलौरी नगरपालिकाका जनप्रतिनिधि,कार्यरत कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र बेलौरी नगर युवा सञ्जालका पदाधिकारीको उपस्थितिमा धनगढीमा कार्यक्रम गरिएको हो।

dashain shuvakamana
Discovery School

बिहान ९ बजे देखि सुरु भएको कार्यक्रममा हिंसामा परेका पिडितहरुलाई  न्याय दिलाउन स्थानीय सरकार , कर्मचारी र युवा सञ्जालले आफ्नो भुमिका कसरी बहन गर्न सक्छन् भन्ने बारे छलफल गरिएको थियो ।

सामाजिक अपराधलाई न्युनिकरण गर्न, कानुनी संरक्षण, पिडितहरुको गोपनीयता कायम गर्न र पिडितलाई सुरक्षित महसुस गर्न सक्ने वातावरण निर्माणका लागि सबैले आ-आफ्नो तहबाट पहल गर्नु पर्ने बारे अधिवक्ता दिपेश श्रेष्ठले विस्तृत चर्चा  गरेका थिए  ।

उक्त कार्यक्रम महिला कानुन विकास मञ्च (एफ डब्लु एल डी) को आयोजनामा गरिएको कार्यक्रमकी संयोजक कौशिला योगीले जानकारी दिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार