कैलालीको चुरे गाउँपालिकामा शिवपार्वती सामुदायीक वनमा आर्थिक अनियमीता

धनगढी : कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा रहेको शिवपार्वती सामुदायीक वन उपभोक्ता समुहमा आर्थिक अनियमीता भएको पाइएको छ । सामुदायीक वनले वार्षीक रुपमा ढलापडा , सुख्खाखडा काठ दाउरा सामुदायीक वनको बिधान अनुसार डिभिजन वनको सहमती कटान आदेश पछि निकाल्न पाइने कानुनी प्राबधान रहेको छ । सामुदायीक वनका पदाधिकारीहरुले डिभिजन वनको सहमती भन्दा बढी रुख काटीएको स्थानियको आरोप रहेको छ ।

सामुदायीक वनले बार्षीक रुपमा कटान गरिएको काठदाउरा बाट समुहले १ करोड ७९ लाख बराबरको वन पैदावर बिकी्रबितरण गरेको स्रोतले बताएको छ । यसरी वन पैदावर बिक्रीबितरण गरिएको रकम समुहका पदाधिकारीहरुले हिनामिना गरेको आरोप लागेको छ । सामुदायीक वनको बार्षीक साधारण सभा र सार्बजनिक लेखा परिक्षण गरिएको छैन । सामुदायीक वनको बार्षीक आम्दानी बारेमा न त स्थानिय , न त उपभोक्ताहरुलाइ नै थाहा रहेको छ ।

dashain shuvakamana
Discovery School

सामुदायीक वन उपभोक्ता समुहले वन पैदावर बाट आएको आम्दानीको मन परि ढङ्गले खर्च गरेको स्थानिय तथा उपभोतmा लक्षीराम बि क ले भने सामुदायीक वनले न त सार्वजनिक लेखा परिक्षण गरेको छ न त समुहलाइ जानकारी नै दिएको छ मनपरि ढङ्गले आफु खुसी रकम बितरण तथा खर्च गरेको बताए ।

उनले भने सुर्यमुखी आधारभुत बिधालयलाइ दिइएको २० लाख रुपैया पनि बिधालयको खातामा नभइ बिधालय ब्यबस्थापन समितीको अध्यक्ष भक्त बहादुर तारामीको व्यक्तिगत खातामा हाले पछि सामुदायीक बन पदाधिकारी माथी सकां गर्दै अनियमीता भएको ठोकुवा गरे । यता स्थानिय काठ ब्यबसायी भरत थापाले सामुदायीक वनको ५७ लाख रुपैया समुहले आफु खुसी दिइएको स्रोतले बताए ।

समुहले आर्थिक पार्दसीकता नगरेको भन्दै अख्तीयार अनुसन्धान केन्द्र टङ्गाल काठमान्डौ र महेन्द्रनगरमा आर्थिक अनीयमीता गरेको भन्दै सामुदायीक वनका अध्यक्ष ,सचिव र कोषाअध्यक्षको नाममा मुद्धा परेको छ ।
सामुदायीक वनका कार्यसमिती कोषाअध्यक्ष योगेन्द्र चन्दले भने हामी साधारणसभा गरेर ढलापडा काठ सङ्कलन गरेको हो, बिधालयलाइ २० लाख आर्थिक सहयोग गरेको , डिभिजन बनको कटान आदेस स्वीकृत मात्र काठ काटीएको र नेपाल सरकारले काठको बिक्रीबितरण ,सङ्कलनको सुत्र परिमाजित गरेको कारणले कम मुल्यमा काठ दाउरा बिकी्र बितरण भएको चन्दले दाबी गरेका छन् ।

सामुदायीक बनको आम्दानी सार्वजनिक सम्पती भएकोले सामुदायीक वनका पदाधिकारीले व्यक्तीगत रुपमा जथाभाबि खर्च गरेर अनियमीता गरेको पुष्टी भएको छ । बिधालयलाइ दिएको २०लाख रुपैया अध्यक्षले बिधालयको खातामा १६ लाख ८० हजार रुपैया मात्र हालेर ३ लाख २० हजारको हिसाब देखाएका छैन । चुरे गाउँपालिका वडा न ४ वडा अध्यक्ष चन्द्र बहादुर लामिछानेले समुह बाट ८ लाख ६६ हजार रुपैया सापटी दिएको सामुदायाीक वनका अध्यक्ष किसोर बहादुर खप्तडी मगरले बताए । यसरी समुहका पदाधिकारीहरुले मनपरि रुपमा पैसा खर्च गरेका छन ।

घट्नाका बारेमा सबडिभिजन वन कार्यलय खैरालाका प्रमुख मनोज ढकालले भने हामीले अनुसन्धान सुरु गरि सकेका छौ , पटक पटक सार्वजनिक सुनुवाइ गर्न पत्राचार गरिएको, अख्तीयार पत्र पाएका छौ समुहका त्यसको जवाफ मागेका पत्राचार गरेको १० दिन भयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार